३ कार्तिक २०८३, मंगलबार

जहाँ–जहाँबाट नाम सिफारिस भए पनि मैले चितवन–३ छोड्ने छैन : प्रचण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नाम जहाँ–जहाँबाट सिफारिस भए पनि चितवन निर्वाचन क्षेत्र नं. ३ बाटै चुनाव लड्ने घोषणा गरेका छन् ।

आज मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो घोषणा गरेका हुन् । ‘मेरो नाम कहाँ–कहाँबाट सिफारिस भएको त्यो सबै मलाई अहिले थाहा पनि छैन,’ उनले भने, ‘म चितवन निर्वाचन क्षेत्र नं. ३ बाटै चुनाव उठ्ने हो । यसमा कसैले भ्रम र दुविधा राखिरहनु जरुरी छैन ।’

अर्को प्रसङ्गमा उनले निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने दाबी पनि गरेका छन् ।