
काठमाडौं, २१ भदौ । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि परेको संशोधनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने बेलामा गणपूरक संख्याको अभाव भएपछि बैठक स्थगित गरिएको हो ।
तीन मिनेट घण्टी बजाएर सांसद संख्या यकिन गर्दा आवश्यक गणपूरक संख्या ६९ जना रहनुपर्नेमा ५८ जनाको उपस्थिति रहेकाले बैठक स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।















प्रतिक्रिया