३ कार्तिक २०८३, मंगलबार

कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष विकास खनालको सभापतित्वमा भएको साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारित गरेको छ ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी ४० करोडको ५ प्रतिशतले हुन आउने दुई करोड नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।