
काठमाडौं, २१ भदौ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको मानसिक स्वास्थ्य जाँच गर्नुपर्ने गम्भीर माग गरेका छन् ।
महाभियोग सिफारिस समितिमा गलत बयान दिएको भन्दै निलम्बित प्रधानन्यायाधीश जबराको मानसिक स्वास्थ्य जाँच गर्नुपर्ने उनको भनाइ छ ।
आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा महतले पूर्वाग्रही बयान दिएकाले मानसिक स्वास्थ्य ठिक नभएको हुनसक्ने अनुमानसहित यस्तो गम्भीर आरोप लगाएका हुन् ।
विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य जाँच गराउनुपनेै सांसद महतको माग छ ।















प्रतिक्रिया