
काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन थालेको छ ।
महानगरले पछिल्लो समय इन्द्रचोक क्षेत्रमा अव्यवस्थित तवरले सञ्चालित पार्किङ, मन्दिर वरिपरिको व्यवसाय आजदेखि हटाउन सुरु गरेको हो ।
इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको पाण्डेले बताए ।













प्रतिक्रिया