२८ आश्विन २०८३, बुधबार

योगेश भट्टराईलाई जन्मदिनको शुभकामना दिँदै झाँक्रीले भनिन्- अभाव महसुस हुने रहेछ दाई

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई जन्मदिनको शुभकामना दिँदै अभाव महसुस हुने गरेको बताएकी छन् ।

गतवर्ष एमालेबाट फुटेर एकीकृत समाजवादी दर्ता गराउन अहम् भूमिका खेलेकी झाँक्रीले महत्वपूर्ण निर्णय लिने बेलामा अभाव महसुस हुने गरेको उल्लेख गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईलाई जन्मदिनको शुभकामना दिँदै झाँक्रीले लेखेकी छन्, ‘आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाई’

एमालेमा रहँदा उनीहरु दुवै जना माधव नेपाल पक्षका भनि चिनिएका थिए । तर जब एमाले विभाजनका विषय आयो त्यसबेला भट्टराईले पार्टी फुटाउन नहुने भनेर ओलीको साथ दिए भने झाँक्रीहरु नयाँ पार्टी खोल्नतिर लागे ।