२८ आश्विन २०८३, बुधबार

सिट बाँडफाँड मिलाउने कसरत जारी, आज पनि कार्यदल बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । सत्ता गठबन्धनका दलहरुबीच आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचमा सिट बाँडफाँडको भागवण्डा मिलाउन गठित कार्यदल बैठक आज पनि बस्ने भएको छ ।

हिजो बसेको गठबन्धनका शीर्ष नेताहरुबीचको बैठक निष्कर्षविहीन बनेपछि आज कार्यदलको बैठक बस्न लागेको हो ।

आज कार्यदलले भागवण्डा टुंगो लगाउने र शीर्ष नेताहरुलाई प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

हिजोको बैठकमा १६५ वटै सिटका विषयमा कुराकानी भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि सञ्चारकर्मीहरुलाई बताएका थिए ।

उनका अनुसार कार्यदलले संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर शीर्ष नेतृत्वलाई आजै प्रतिवेदन पेश गरिनेछ ।