
काठमाडौं, २१ भदौ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवासँग पाण्डले आज अपराह्न ३ बजे शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यसअघि पाण्डले माउन्टेन फ्लाइटमा जाने कार्यक्रम रहेको छ । उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ । पाण्डेले आजै साँझ उनी पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ ।













प्रतिक्रिया