
काठमाडौं, २० भदौ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेत प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
बस्नेतसँग निर्वाचन प्रतिस्पर्धा गराउने उद्देश्यअनुरुप नेकपा माओवादी केन्द्र भक्तपुरले भक्तपुर–२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ ।
भक्तपुर–२ एमालेनिकट युवा संघको पूर्व अध्यक्ष समेत रहेका बस्नेतले चुनाव जित्दै आएका छन् ।















प्रतिक्रिया