
काठमाडौं, २० भदौ । प्रहरी वृत्त दरबारमार्गका इन्सपेक्टर र असई छानविनमा तानिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिरासतमा पुर्याएका गरूड सेक्युरिटिजका सुरक्षाकर्मी शेरजंग गुरुङसँग आगन्तुकले भेट गरेको तस्वीर बाहिरिएपछि उनीहरूमाथि छानविन गर्नुपरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व पत्रकार रवि लामिछाने सोमबार बिहान हिरासतमा रहेका शेरजंगसँग भेटघाट गरेका थिए । भेटका क्रममा कैद गरिएको दुईजनाको तस्वीर स्वयम् रवीले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।
उक्त तस्वीर सार्वजनिक भएसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएर इन्सपेक्टर र सईमाथि छानबिन शुरू गरिएको हो । हिरासतमा राखिएको व्यक्तिसँग तस्वीर कैद गर्न दिनु उनीहरूको गल्ती भएको बताइएको छ ।
छानबिन थाल्नु अगावै सभापति लामिछानेलाई भेट्न दिने प्रहरी निरीक्षक विकास तामाङको जिम्मेवारी खोसिएको बताइएको छ । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ ।















प्रतिक्रिया