३ कार्तिक २०८३, मंगलबार

हर्क सामपाङ भन्छन्– मेरो फाइट बालेनको खोल ओढेका झोलेहरूसँग हो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङले आफ्नो ‘फाइट’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग नभइ उनको खोल ओढेका झोलेहरूसँग भएको बताएका छन् ।

केही समययता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयलाई लिएर मेयरद्वय सामपाङ र बालेनबीच सामाजिक सञ्जालमा आरोपप्रत्यारोप चल्दै आएको छ ।

यसैबीच धरानका मेयर सामपाङले आज सोमबार आफ्नो ‘फाइट’ बालोको खोल ओढेका केही ‘झोले’हरूसँग भएको बताएका हुन् ।

‘मेरो फाइट बालेनजीसँग होइन ! झोलेहरुसँग हो खासमा जो खोल ओढेर आइरहेका छन् !,’ उनले केहीबेरअघि सामाजिक सञ्जालमा लेखेका छन् ।