३ कार्तिक २०८३, मंगलबार

विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार दाहाल सम्मानित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, २० भदौ । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक सभापति एवम् वरिष्ठ पत्रकार शेषराज दाहाललाई विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

शहिद विशाल कुमारको १९औं स्मृति दिवशमा आज प्रतिष्ठानद्वारा सिन्धुलीमा आयोजित कार्यक्रममा पत्रकार दाहाललाई पाँच हजार नगद, सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको हो । पत्रकारितामार्फत राजनीतिक परिवर्तनको आन्दोलनमा योगदान गरेवापत उनलाई सम्मान गरिएको हो ।

एमालेका केन्द्रीय सदस्य एवम् नेपाल बुद्धिजिवी संगठनका इन्चार्ज मनोजजंग थापाले वरिष्ठ पत्रकार दाहाललाई सम्मान गरेका थिए । थापा प्रतिष्ठानका संरक्षक छन् ।

प्रत्येक वर्ष भदौ २० गते पत्रकारिता पुरस्कार प्रदान गर्नेगरी आजैकै दिन सो पुरस्कार घोषणा गरिएको हो । आज प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै एक लाख रुपैयाँ राशीको पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको जनाएको छ ।