
प्युठान, २० भदौ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानबाट सर्वसम्मत सिफारिस भएका छन् ।
सोमबार पार्टी कार्यालय बिजुवारमा बसेको जिल्ला कमिटीको बैठकले उनलाई सर्वसम्मत सिफारिस गरेको हो ।
प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा थापाको उम्मेदवारीका लागि संविधानसभा सदस्य हिराबहादुर केसीले प्रस्ताव गरेको र बैठकले सोही नाम सिफारिस गरेको बताइएको छ ।
त्यस्तै एमालेले प्रदेश सभा (क)मा तुल्सीराम शर्मा र (ख) मा केन्द्रीय सदस्य एवम् प्यूठान सह–इन्चार्ज हरि रिजाललाई सर्वसम्मत सिफारिस गरेको छ ।















प्रतिक्रिया