२८ आश्विन २०८३, बुधबार

एमालेबाट झापा-१ को प्रदेश उम्मेदवार सिफारिस, को-को परे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, २० भदौ । नेकपा एमाले झापा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ का लागि उम्मेदवार सिफारिस गरिएको छ । सोमबार सम्पन्न क्षेत्रीय कमिटी बैठकले माथिल्लो कमिटीलाई प्रदेशका उम्मेद्वारको नाम सिफारिस गरेको हो ।

बैठकले क्षेत्र नं. १ ‘क’ मा राम ओली, शान्ति सापकोटा, देबकुमार राई, मोहनप्रकाश उप्रेती, नीलकण्ठ तिवारी, कृष्ण कनाल, विष्णु सुबेदी, शोभा खवास, प्रमेकुमार भट्टराई, बन्धन मुण्डा, चन्द्र प्रसाई, रमा भण्डारी, राजु कार्की, इन्द्र बाँसकोटा, भुपाल ओली, राज पोख्रेल, निर्मला गौतम र रामचन्द्र उप्रेतीको नाम सिफारिस गरेको छ ।

यसैगरी क्षेत्र ‘ख’ रेणुका डाँगी, लक्ष्मी राई, घनश्याम अधिकारी, लता प्रसाई, यामनाथ बराल, हरि घिमिरे, पुरुषोत्तम अधिकारी र रमेश आचार्यको नाम सिफारिस भएका छन् ।

यता क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उम्मेद्वारका रुपमा पार्टीका केन्द्रीय सदस्य रविन कोइराला सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।