२८ आश्विन २०८३, बुधबार

झापा २ मा एमालेबाट अग्नि खरेलसहित चार जना सिफारिस

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, २० भदौ । झापा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा एमालेका तर्फबाट चार जनाको नाम सिफारिस भएको छ ।

भर्खरै सम्पन्न क्षेत्रीय कमिटी बैठकले पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेल, प्रदेश इन्चार्ज देवराज घिमिरे, बिर्तामोडका निवर्तमान मेयर ध्रुव कुमार शिवाकोटी र बहालवाला सांसद पबित्रा निरौला खरेलको नाम सिफारिस भएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।

सिफारिस भएका नामहरु माथिल्लो कमिटीमा पठाइने काफ्लेको भनाई छ ।