
रोल्पा, २० भदौ । नेपाल कम्यनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी भएको बताएका छन् ।
माओवादी आन्दोलन र माओवादी नेतृत्वलाई देशी विदेशीहरुको घेराबन्दी गरिरहेको बताउँदै उनले त्यसका विरुद्ध सबै माओवादी आन्दोलनका शक्तिहरुलाई केन्द्रीत गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता समेत औंल्याएका छन् ।
नेकपा माओवादी रोल्पाले आयोजना गरेको प्रदेश निर्वाचनस्तरीय नेता कार्यकर्ताहरुलाई प्रशिक्षण गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
उपाध्यक्ष महराले माओवादी केन्द्रकै एजेण्डा र नेतृत्वमा देश अगाडि बढेको बताउँदै प्रतिक्रान्तिकारी तप्कासँग लडेर भए पनि ऐजेण्डालाई स्थापित गर्नका लागि आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजय बनाउनुपर्ने धारणा व्यक्त गरे ।















प्रतिक्रिया