३ कार्तिक २०८३, मंगलबार

पर्यटनमन्त्रीले सेक्युरेटी गार्डलाई हिरासतमा राख्न लगाएकोविरुद्ध सर्वोच्चमा रिट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पक्राउ परेका सेक्युरेटी गार्ड शेरजंग गुरुङ । सोमबार प्रहरी हिरासतमै भेट्न पुगेका पूर्व पत्रकार रवी लामिछानेसँग कुराकानी गर्दै ।

काठमाडौं, २० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरुड सेक्यूरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई गैरकानूनीरूमा हिरासतमा राख्न लगाएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्यूरिटी गार्ड गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको हो ।

शेरजंगकी पत्नी लक्ष्मीले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दिएकी हुन् ।