३ कार्तिक २०८३, मंगलबार

थप २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि, २०६ जना सङ्क्रमणमुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर गरिएको ४ हजार ८५ जनाको नमूना परीक्षणबाट २२१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५१९ जनाको आरटी–पीसीआर गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९७ हजार ९९० जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार सात जना छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८३ हजार ५३९ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ६ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ३ हजार ४५० जनाको नमूना परीक्षण गर्दा १४२ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप कसैको पनि मृत्यु भएको थिएन । उक्त दिन २३० जना संक्रमित संक्रमणमुक्त भएका थिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४४४ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ९८ हजार १८६ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले २ हजार ४४४ जना आइसोलेसनमा छन् ।