३ कार्तिक २०८३, मंगलबार

कसैसँग पनि गठबन्धन नगर्ने राप्रपा अध्यक्ष लिङ्देनको घोषणा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने घोषणा गरेका छन् ।

राप्रपा बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा (एमाले) राप्रपासँग नजिक भएको बताएका छन् ।

उनले तालमेलबाट बढी सीट ल्याउनेभन्दा पनि जनतासँगको सम्बन्धबाट नै बढी सीट ल्याउने अपेक्षा भएको स्पष्ट पारेका छन् । चुनाव घोषणा भएपछि सबै समान ढङ्गले चुनाव लड्नुपर्नेमा जोड दिँदै उनले अहिलेको संसद् विघटन गर्न माग गरे ।

संसद विघटनको माग गर्ने सांसद लिङ्देनले हिजै पदबाट राजीनामा दिइसकेका छन् ।