३ कार्तिक २०८३, मंगलबार

संविधानसभा सदस्य सिंह राप्रपा नेपालमा प्रवेश

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । संविधानसभाका सदस्य गिता सिंह राप्रपा नेपालमा प्रवेश गरेकी छिन् ।

राप्रपा नेपालले लिएको लोकतान्त्रिक हिन्दु राष्ट्रको एजेन्डाले आफूलाई आकर्षण गरेको भन्दै उनी राप्रपा नेपाल प्रवेश गरेकी हुन् ।

हिन्दुत्व, सुशासन र समृद्धि नै नेपालको अबको मुख्य मुद्दा हुने उनले बताइन् । यसै गरी राप्रपाका पूर्व केन्द्रीय सदस्य राजु थापालाई पार्टी अध्यक्ष कमल थापाले आजै प्रवेश गराएका छन् ।

साथै नुवाकोटकै जनजाती नेता कृष्णबहादुर घले ‘सुरज’ पनि राप्रपा नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको बताए । सबैको सहयोगले राप्रपा नेपाललाई एउटा वैकल्पिक शक्ति निर्माण गर्ने अध्यक्ष थापाको भनाइ छ ।

यसैगरी राप्रपा सम्बद्ध नेपाल सनातन धर्म संस्कृति संगठन, १ नं. प्रदेश अध्यक्ष तथा गत स्थानीय निकायको निर्वाचनमा उर्लावारी नगर प्रमुख उम्मेदवार विनोद प्रसाद पोख्रेल, जिल्ला सदस्य चित्रबहादुर थापा ‘राज कुमार’ पनि आजै राप्रपा नेपालमा प्रवेश गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।