
नवलपुर, २० भदौ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नवलपरासीको निर्वाचन क्षेत्र नं. १ बाट सिफारिस भएका छन् ।
दुई निर्वाचन क्षेत्र भएको जिल्लामा मोआवादीको १ नं. क्षेत्रीय कमिटीले अध्यक्ष दाहालसहित ठाकुर चापागाईं, ईन्द्र भुसाल, षडानन्द सापकोटा र पार्वती आचार्यको नाम सिफारिस गरेको हो ।
उक्त क्षेत्रबाट नेकपा एमालेले पार्टी केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र रवीन्द्र अधिकारी तथा नारायणप्रसाद तिमिल्सिनाको नाम सिफारिस गरेको छ भने नेपाली कांग्रेसले डा सशांक कोइराला, विनोद चौधरी, हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीको नाम सिफारिस गरेको छ ।
उक्त क्षेत्रबाट नेपाली कांग्रेसका सशांक कोइरालाले २०६४ देखि निरन्तर निर्वाचन जित्दै आएका छन् ।















प्रतिक्रिया