२९ आश्विन २०८३, बिहिबार

क्यानडामा चक्कु प्रहारबाट १० जनाको हत्या १५ घाइते, आरोपी फरार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । क्यानडामा चक्कु प्रहारकाट १० जनाको हत्या भएको छ भने १५ जना घाइते भएका छन् ।

क्यानडाका अलग–अलग १३ स्थानमा भएको श्रृंखलाबद्ध चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सनको फोटो सार्वजनिक गरेको छ । उनीहरुको आक्रमणको उद्देश्य भने खुलेको छैन ।

उनीहरु कालो कार चढेर हतियारसहित भागेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई खतरनाक भन्दै प्रहरीले स्थानीयबासीलाई घर भित्रै रहन सूचित गरेको छ ।

प्रहरीले ट्वीट गरेर भनेको छ, ‘सुरक्षित स्थानबाट बाहिर ननिस्किनुस् र सतर्कताका लागि घरमा अरु कसैलाई आउन नदिनुस् ।’ प्रहरीले चालकहरुलाई पनि कसैलाई लिफ्ट नदिन भनेको छ । प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर चेकिङमा कडाइ गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस आक्रमणलाई भयावह भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले ज्यान गुमाएकाका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।