२९ आश्विन २०८३, बिहिबार

भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार आएका हुन् । भ्रमणमा उनकी पत्नी अर्चना पाण्डे पनि सहभागी छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम नेपाली सेनाको मुख्यालयले जनाएको छ ।

आजै पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस्तै, भारतीय सेनाको तर्फबाट पाण्डेले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम छ । मोटरपार्टस लगायत ननलिथल सामग्री भारतीय सेनाले नेपाली सेनालाई हस्तान्तरण गर्न लागेको छ । भ्रमण अवधिमा पाण्डेले शिवपुरी स्थित कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नेछन् ।

त्यस्तै, उनले पोखरा र मुक्तिनाथको भ्रमण गर्ने बताइएको छ । पोखरास्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमणपछि मौसम अनुकूल भएमा पाण्डे मुक्तिनाथ भ्रमणमा जाने सैनिक हेडक्वार्टरले जनाएको छ ।