३ कार्तिक २०८३, मंगलबार

एमालेका केन्द्रीय सचिव लेखराज भट्ट कैलाली–४ बाट सिफारिस

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनका लागि लेखराज भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।

आइतबार बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर ४ बाट भट्टको नाम सिफारिस गरेको हो ।

पूर्वमन्त्री समेत रहेका एमाले केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज भट्ट २०७४ सालको चुनावमा बाम गठबन्धनतर्फबाट निर्वाचित भएका थिए ।