३ कार्तिक २०८३, मंगलबार

सञ्चारमन्त्री कार्की प्रतिनिधिसभाका लागि सुनसरी–४ बाट सर्वसम्मत सिफारिस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १९ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

मन्त्री कार्की सत्तारुढ गठबन्धनको कार्यदलको सदस्य तथा नेपाल सरकारका प्रवक्ता हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्कीलाई कांग्रेसको क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा क्षेत्रीय सभापति एयुब अन्सारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट विजयी भई अहिलेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका छन् ।

२०७४ सालको निर्वाचनमा मन्त्री कार्की ३२ हजार ३४७ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले नेता रमेश श्रेष्ठले २५ हजार ७५० मत प्राप्त गरेका थिए ।

सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्दै आएका कार्कीले सुनसरीको विकास र विस्तारका साथै पार्टीको साङ्गठनिक सुदृढीकरणमा पुर्‍याएको योगदानका कारण उनलाई सर्वसम्मत रूपमा उम्मेदवारमा सिफारिस गरिएको जानकारी क्षेत्रीय सभापति एयुब अन्सारीले दिए ।