२९ आश्विन २०८३, बिहिबार

एमालेबाट झापाका तीन क्षेत्रमा उम्मेदवार सिफारिस, को-को परे ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेकपा (एमाले)ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि झापाका केही क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।

भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न पार्टी केन्द्रको निर्देशन बमोजिम उम्मेदवार सिफारिस सुरु गरिएको हो ।

झापा क्षेत्र नम्बर २ (क) को लागि ४ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटी बैठकले एकराज कार्की, बद्री भट्टराई, रोमणी भट्टराई र चन्द्रा सेडाईको नाम सिफारिस भएको छ ।

यस्तै, क्षेत्र नम्बर २(ख) मा हरिकुमार राना,चिन्तन पाठक, रोहित ढकाल,देवीमाया भट्टराई सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ३ (क) मा वसन्त बानिया, हरि तिम्सिना, चन्द्रा श्रेष्ठ, (ख) मा हरि राजबन्शी,सोमनाथ पोर्तेल, लक्ष्मण पाठक, छवि चुडाल, जीवन श्रेष्ठ, धनकेश्वर बस्नेत र ललिता बस्नेतको नाम सिफारिस गरिएको क्षेत्रीय कमिटीले जनाएका छन् ।