
इलाम, १९ भदौ । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ ।
एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले सर्वसम्मत नाम सिफारिस गरेर पठाएको हो ।
क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेपछि नेम्वाङ नै उम्मेदवार बन्ने निश्चित भएको हो । मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए ।
नेम्वाङ २०५६ सालयता भएका सबै संसदीय÷संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निरन्तर विजयी बन्दै आएका छन् ।















प्रतिक्रिया