
तनहुँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तनहुँ प्रतिनिधिसभा क्षेत्र नं २ बाट सासंद केदार सिग्देल र किरण गुरुङको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ कमिटीको बैठकले आगामी मंसि ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिग्देल र गुरुङसहित विष्णु पराजुली अधिकारीको समेत नाम सिफारिस गरेको हो ।
उक्त निर्वाचन क्षेत्रको कमिटी संयोजक राजेश्वर ढकालको अध्यक्षतामा बसेको बैठकले खुला दुई जना र महिला एक जना गरी सर्वसम्मत उम्मेदवार चयन गरेको हो । क्षेत्रबाट सिफारिस भएको नामहरु जिल्लाको बैठकमा पेश हुने संयोजक राजेश्वर ढकालले बताए ।















प्रतिक्रिया