३ कार्तिक २०८३, मंगलबार

सत्यदीप ग्रुपले लञ्च गर्‍यो प्रोडक्ट र भेइकल अनुसार जेन्युइन पार्टस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेपाली बजारमा विभिन्न सवारी साधन तथा अन्य उत्पादनमा लाग्ने जेन्युइन पार्ट्स उपलब्ध गराउँदै आएको सत्यदीप ग्रुपले विभिन्न उत्पादनको क्याटलग लञ्च गरेको छ ।

भारतको प्रसिद्ध कम्पनी बोसको सहयोग र समर्थनमा गत शुक्रबार एक कार्यक्रमका बीच सो लञ्चिङ कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोसका कन्ट्री हेड रितुञ्च गुप्ताले सो क्याटलगबाट नेपाली ग्राहकलाई आफ्नो सवारी साधनमा प्रयोग हुने उपयुक्त जेन्युइन पार्ट्स नम्बर पहिचान गर्न सहयोग पुग्ने बताए ।

गुप्ताले आगामी दिनमा सबै प्रदेश स्तरमा समेत यस प्रकारको कार्यक्रम आयोजना गर्ने बताए । यसबाट सबै रिटेलर तथा वर्कशप र फ्लिट अपरेटरहरूको कार्यमा सहयोग पुग्ने अपेक्षा उनले गरे ।

सो कार्यक्रममा केही दुई पांग्रे सवारी साधनका ग्राहकको समेत उपस्थिति थियो । उक्त अवसरमा बोसका उत्पादनका साथै सत्यदीप ग्रुपको वारेमा समेत जानकारी आदानप्रदान गरिएको थियो ।

क्याटलगमा बोस, हेला, टेनेको, भ्यालिओ, कम्पो, जेडएफ, टाल्ब्रोजस्ता लिडिङ ओरिजिनल इक्विपमेन्ट (ओई) निर्माता कम्पनी र अन्य विभिन्न एसेसरिज कम्पनीहरूका जेन्युइन पार्ट्स नम्बर उपलब्ध छन् ।

नेपाली सवारी साधन बजारमा आफ्टर मार्केटका लागि आवश्यक जेन्युइन पार्ट्स उपलब्ध गराउँदै आइरहेको सत्यदीप ग्रुपले नयाँ क्याटलगको माध्यमबाट नेपाली ग्राहकलाई भेइकल सर्भिसिङको क्षेत्रमा अझै बढी सहयोग गर्ने लक्ष्य लिएको बताएको छ ।