
काठमाडौं, १९ भदौ । नेपाल पत्रकार महासंघले आइतबार लाजिम्पाटस्थित इमेज टेलिभिजनको कार्यालय परिसरमा एक घण्टा धर्ना दिएको छ ।
कोभिडकालमा निश्काशन गरेका श्रमजीवीहरुको पारिश्रमिक अझै उपलब्ध नगराएको, २०७६ देखि चाडवाडका पैसा उपलब्ध नगराएको, कल्याणकारी कोषमा पत्रकारको पारिश्रमिक काटिने तर व्यवस्थापन पक्षले पारिश्रमिक नहालेको र नियमित पारिश्रमिक नदिइएको, न्यूनतम पारिश्रमिक समेत सबै पत्रकारहरुलाई नदिएको भन्दै पत्रकार महासंघले सो टेलिभिजनमा आइतबार सांकेतिक रुपमा एक घण्टा धर्ना दिएको हो ।
नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठान शाखाले व्यवस्थापनसँग केही समय अगाडि मागपत्र प्रस्तुत गर्दा र महासंघ केन्द्रले पनि इमजेमा देखिएका श्रमसम्बन्धी समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा समेत व्यवस्थापन पक्षबाट बेवास्ता भएपछि महासंघले आइतबार धर्ना दिएको बताएको छ ।















प्रतिक्रिया