
काठमाडौं, १९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर गरिएको ३ हजार ४५० जनाको नमूना परीक्षणबाट १४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनाको आरटी–पीसीआर गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९७ हजार ८६८ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार सात जना छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३० जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८३ हजार ३३३ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ५ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ३ हजार ५३७ जनाको नमूना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको थियो । उक्त दिन ३३९ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५२८ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ९६ हजार ६६७ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले २ हजार ५२८ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया