
काठमाडौं, १९ भदौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् ।
आज आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् ।
गठबन्धन सरकारले जबरजस्ती संसदको आयू लम्ब्याउन खोजेपछि राजीनामा दिन लागेको उनको भनाइ छ ।
प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि डाकिएको भए पनि अहिलेसम्म शुरू भएको छैन । सो बैठकका लागि अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ ।















प्रतिक्रिया