३ कार्तिक २०८३, मंगलबार

उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट सर्वसम्मत सिफारिस

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेल रुपन्देही–२ बाट सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्र नं. २ को क्षेत्रीय समितिको आज आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यका लागि पौडेललाई सर्वसम्मत सिफारिस गरेको हो ।

उक्त क्षेत्रको प्रदेश सभा सदस्य उम्मेदवारहरुको टुंगो २२ गतेसम्म लगाइसक्ने बताइएको छ ।

रुपन्देही–२ मा कांग्रेसले युवराज गिरी, व्यवसायी चुन्नप्रसाद पौडेलसहित पाँच जना र नेकपा एकीकृत समाजवादीले राजु गुरुङलाई सिफारिस गरिसकेका छन् ।

रुपन्देही–२ विष्णु पौडेलले लगातार तीनपटक जित्दै आएको क्षेत्र हो ।