
काठमाडौं, १८ भदौ । केन्याविरुद्ध भएको एकदिवसीय दोस्रो दिनको खेलमा नेपाल १६ रनले विजयी बनेको छ ।
शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन हासिल गरेको थियो ।
केन्याले भने ४६.३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्रै ल्याएको हो ।
नेपालले तीन एक दिवसीय अभ्यास खेलको सिरिजमा २–० को अग्रता लिएसँगै नेपालले एक खेलअगावै सिरिज (श्रृंखला) जितेको हो । अब नेपालले अन्तिम एक दिवसीय सोमबार खेल्ने छ ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७८ रन बनाए । त्यस्तै देव खनाल ३७ रनमा आउ६ हुँदा सोमपाल कामीले २६ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४ र अर्जुन साउदले ५ रन बनाए ।
नेपालले पहिलो एक दिवसीय क्रिकेटमा केन्यावविरुद्ध ७ विकेटले विजयी भएको थियो । त्यसअघि टी-२० सिरिज नेपालले जितेको थियो ।













प्रतिक्रिया