
लमजुङ, १८ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको टिप्पणी गरेका छन् ।
सत्तारुढ गठबन्धन आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराईरहेको उनको भनाई थियो ।
पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलहरुकै कारण मंसीर ४ गते नै सो निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटकपटक दोहोर्याए ।
उपाध्यक्ष नेम्वाङले निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दावी गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।













प्रतिक्रिया