४ कार्तिक २०८३, बुधबार

पुनः मुख्यमन्त्री बन्नेगरी एमाले उपमहासचिव गुरुङ लमजुङ (ख) बाट सिफारिस

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १८ भदौ । नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशमा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नाम लमजुङ प्रदेशसभा (ख) बाट सिफारिस भएको छ ।

केन्द्रीय उपमहासचिव गुरुङ स्वयम्को प्रमुख आतिथ्यतामा आज बेसीशहरमा सम्पन्न पाँचौं पूर्ण बैठकले उनको नाम लमजुङ निर्वाचन क्षेत्र (ख) बाट सिफारिस गरिएको हो । उनीसँगै नेता कृष्ण अधिकारीको नाम पनि सिफारिस गरिएको छ । अधिकारी जिल्ला कमिटी लमजुङका अध्यक्ष हुन् ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका गुरुङलाई पुनः मुख्यमन्त्री बनाउनेगरी पार्टीले उनको नाम प्रदेशसभामा सिफारिस गरेको लमजुङ एमालेले जनाएको छ ।

गुरुङले यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालालाई आठ हजार ६६ मत अन्तरले पराजित गरेका थिए । गुरुङले २३ हजार १८८ मत प्राप्त गरेका थिए ।

फराकिलो मतान्तरले कांग्रेसका उम्मेदवार पराजित गरेका गुरुङ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए ।