४ कार्तिक २०८३, बुधबार

आगामी निर्वाचनपछि केपी ओली नेतृत्वको सरकार बन्छ : उपमहासचिव गुरुङ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १८ भदौ । नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बहुमत प्राप्त गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

नेकपा (एमाले) लमजुङको आज बेसीशहरमा आयोजित पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले विकास र समृद्धिका विस्तृत योजनाका साथ चुनावमा जाने तयारी भइरहेको समेत बताएका छन् । एकल बहुमतसहित विजय प्राप्त गर्न पार्टीले ‘एक संगठित सदस्य दुई नयाँ भोट वृद्धि र पाँच भोटको सुरक्षा’ अभियान अगाडि बढाएको उनको भनाइ छ ।

‘हामीलाई यसपटक चुनौती त पक्कै छ, तर पनि यही चुनौतीका बाबजुद गठबन्धनसहित सबैलाई हराउने तयारीमा छौँ,’ उनले भने, ‘पार्टीको विचार, नीति राम्रो छ । अझ यसलाई निखारेर जानुपर्ने छ । यो अभियानलाई जनताले साथ दिनेछन् ।’ यसअघि स्थानीय तह निर्वाचनमा पनि एमाले एक्लै लड्दा सबैभन्दा ठूलो र बलियो पार्टी बनेको स्मरण उनले बैठकमा गराएका छन् ।