
थर्पु (तनहुँ), १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तनहुँ निर्वाचन क्षेत्र नं. २ को (क) का लागि नौ जनाको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा नौं जनाको नाम सिफारिस गरिएको तनहुँ–२ को प्रदेशसभा निर्वाचन क्षेत्र (क) कमिटीले जनाएको छ ।
निर्णय अनुसार प्रत्यक्षतर्फ कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गा प्रसाद पराजुली, हर्कबहादुर गुरुङ, श्यामराजा महत, शिववहादुर महत, शेषमणि आचार्य, अर्जुन प्रसाद नागिला र राधादेवी महत क्षेत्रीको नाम सिफारिस गरिएको छ ।
एक जना महिलासहित तीन जनाको नाम सिफारिश गर्नुपर्नेमा आकांक्षीको सङ्ख्या बढी भएपछि आएका नामलाई नै जिल्लामा पठाउने निर्णय गरिएको समन्वय कमिटीकी संयोजक रत्नादेवी घिमिरेले जानकारी दिइन् ।















प्रतिक्रिया