४ कार्तिक २०८३, बुधबार

सैमोदिन अन्सारीले गरे पत्नीको हत्या, प्रहरीले पक्रियो देवर–भाउजु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बारा, १८ भदौ । बाराका सैमोदिन अन्सारीले आफ्नी श्रीमतीको विभत्स हत्या गरेका छन् ।

आफ्नै श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्या गरेका उनलाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

खातुनको आफ्नै घरमा शङ्कास्पद मृत्यु भएपछि जिल्लाको महागढीमाई नगरपालिका–३ गञ्जभवानीपुर बस्ने २७ वर्षीय अन्सारीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएपश्चात उनलाई पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न उनकै भाउजु अप्सना खातुन समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुउपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।