४ कार्तिक २०८३, बुधबार

नेकपा एसलाई जनताले अस्वीकार गरे, माधव नेपाल एमालेमै फर्किनुहोस् : नेम्वाङ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व सभामुख सुवास नेम्वाङले एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी जनताबाट अस्वीकृत भएको बताएका छन् ।

आज शनिबार नेकपा एमालेको सम्पर्क समन्वय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले सो कुरा बताएका हुन् ।

स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको भन्दै उनले नेकपा एसलाई जनताले अस्वीकृत गरेको बताएका हुन् । साथै उनले उक्त पार्टीका अध्यक्ष समेत रहेका पूर्वसहकर्मी माधव कुमार नेपाललाई एमालैकै फर्किन समेत आग्रह गरेका छन् ।

‘नेकपा एसले स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन सकेन,’ नेम्वाङले भने, ‘यसो हेर्दा उहाँहरूलाई जनताका अदालतले अस्वीकार गरेको स्पष्ट छ । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस् ।’

एमालेबाट २० प्रतिशत सीट लिएर गठन भएको पार्टीले गठबन्धनको सहारा लिएर पनि पनि स्थानीय चुनावमा न्यून मत प्राप्त गर्नु सो पार्टीलाई जनताले अस्वीकृत गरेको नेम्वाङको भनाइ छ ।