४ कार्तिक २०८३, बुधबार

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता झाले किन दिए राजीनामा ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १८ भदौ । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले मुख्यमन्त्री लालबाबु राउतलाई आज आफ्नो राजीनामा बुझाएका हुन् ।

निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको उनले बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी उनको छ ।

यसका साथै उनी जनता समाजवादी पार्टीमा प्रवेश समेत गर्न लागेका छन् । उनलाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको समेत बताइएको छ ।

झा मधेस प्रदेश सरकार गठन भएदेखि नै प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा रहँदै आएका थिए ।