
सुर्खेत, १७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकता अघि बढेको बताएका छन् । प्रचण्डले नेकपा एससँग आगामी निर्र्वाचनका लागि एउटै घोषणा पत्र लिएर अघि बढ्ने तयारी भइरहेको पनि जनाएका छन् ।
आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ।’ केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै प्रचण्डले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’ यद्यपि चुनाव चिन्ह भने आआफ्नै हुने उनले बताए ।













प्रतिक्रिया