३० आश्विन २०८३, शुक्रबार

व्यापारीलाई पछ्याएर घरबाटै साढे ९ लाख चोरी, एकजना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । काठमाडौंको ठमेलस्थित गल्कोपाखामा एकजना व्यापारीको साढे ९ लाख चोरी भएको छ ।

होटल व्यवसाय गर्ने ति व्यापारीलाई पछ्याएर ९ लाख ५२ हजार नगद चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आरोपीले व्यापारीलाई पछ्याए घर पुगेर पैसा राखेपछि किचनबाट प्रवेश गरी नगद चोरेर भागेको बताइएको छ ।

प्रहरीले नुवाकोटको ककनी घर भएर काठमाडौंको डल्लु बस्ने ४२ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ । भदौ १३ गते राति ३ बजे पैसा चोरेर भागेको एक घण्टापछि प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।

प्रहरीका अनुसार तामाङ पेसेवर चोरीमा संलग्न व्यक्ति हुन् । घरधनीले थाहा पाएर हल्ला गरेपछि उनी ३ तला माथिबाट हामफालेर भागेका थिए । उनीविरुद्ध चोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।