
काठमाडैं, १५ भदौ । सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । सिट बाँड्न बनाइएको कार्यदल बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि आज बसेको दलका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारे ठोस सहमति बन्न नसकेको हो ।
आज साँझ बसेको बैठकमा पनि दलहरुबीच आगामी निर्वाचनका लागि सिट बाँटफाँटको विषयमा सहमति नजिक पुगेको ज्ञानेन्द्र कार्कीले बैठकपछि कुरा गर्दै सञ्चारकर्मीहरुसँग दाबी गरेका छन् ।
कार्कीले भोलि बिहान ११ बजे बस्ने गठबन्धनको बैठक सिट बाँडफाँटबारे एउटा ठोस निष्कर्ष दिने बताए । उनले सबै मोडालिटीअनुसार निर्णय गरिने बताए ।













प्रतिक्रिया