२९ आश्विन २०८३, बिहिबार

आउँदो चुनावमा १५० सिट जित्छौं: अध्यक्ष ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडैं, १५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन् । कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजना गरिएको पार्टीको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १५० सिट जित्ने दाबी गरेका हुन् ।

एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गरेका ओलीले एमालेले जिते मात्र देशले जित्ने दाबी गरे । ‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ त्यसैले एमालेले जित्नुपर्छ ।

देशलाई जिताउने अभियानमा सबै सरिक हुनुस्,’ ओलीले भने, ‘आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १५० सिट जित्नेछौं र दुनिया चकित पर्नेछ । सत्तारुढ गठबन्धनमा नेताहरु देखिए पनि जनता भने एमालेमै रहेको जिकिर उनको थियो ।

गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामू निरिह बनेको आरोप ओलीले लगाए । ओलीले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रष्ट रुपमा भन्न नसकेको र उल्टै यी भूभूभाग समस्याग्रस्त बताउने गरेको समेत जनाए ।