२९ आश्विन २०८३, बिहिबार

म काठमाडौं क्षेत्र नं. ४ बाटै चुनाव लड्छुः गगन थापा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा आफू काठमाडौं क्षेत्र नं. ४ बाटै चुनाव लड्ने बताएका छन् ।

वुधबार कास्की क्षेत्र नं. १ बाट थापाले निर्वाचन लड्ने विषय आएपछि थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू काठमाडौंबाट निर्वाचनमा उठ्ने स्पष्ट पारेका हुन् ।

थापाले कास्की क्षेज्ञ नं १ मा पार्टीका साथीहरुले स्नेहपूर्वक आफ्नो उम्मेदवारीका लागि राखेको चाहनाले आफ्नो नाम आएको धन्यवाद दिँदै आफू काठमाडौंबाटै उठ्ने बताए ।

उनले लेखेका छन्, ‘मैले काठमाडौँ निर्वाचन क्षेत्र नं.४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।’