शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका

दैनिक नेपाल २०७९ भदौ १५ गते १२:५६

सांकेतिक तस्बीर/ फाइल तस्बीर

इस्लामबाद, १४ भदौ । मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ। बाढीमा अहिलेसम्म ११०० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३८० बालबालिका छन्। पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ।

भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड ३० लाख मानिसहरुलाई असर गरेको छ। वर्षाले देशको एकतिहाई भूभाग जलमग्न भएको पाकिस्तानकी जलवायुमन्त्रीले बताएकी छिन्। ‘देशको एक तिहाई भाग पानीमुनि छ’ जलवायु परिवर्तनमन्त्री सेरी रिहमानले भनिन्। पानी छिट्टै कम नहुने उनले बताइन्।

एक दशकयताको बाढीले १० अर्ब डलरभन्दा बढी क्षति पुर्‍याएको सरकारले प्रारम्भिक अनुमान गरेको छ। तर, यो क्षति सरकारले अनुमान गरेभन्दा बढी हुन सक्ने प्रधानमन्त्री सहबाज सरिफले बताएका छन्।

मानव निर्मित जलवायु परिवर्तनको असरसँग जुध्न पाकिस्तानलाई सहयोग गर्ने विश्वको दायित्व भएको सरकारको भनाइँ छ। बाढीले बिचल्लीमा परेका पर्यटकसहित ३०० जनालाई हेलिकोप्टबार उद्धार गरिएको छ। सेनाको हेलिकप्टरले अलपत्र परेका परिवारहरूलाई निकाले र खाद्यान्न प्याकेजहरू दुर्गम क्षेत्रमा खसालेको छ। एजेन्सी

प्रतिक्रिया
सम्बन्धित