२९ आश्विन २०८३, बिहिबार

महाअभियोग सिफारिस समितिले आज चोलेन्द्रको बयान लिँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज बयान लिने भएको छ ।

समितिको बिहान ११ बजेको बैठकमा जबरालाई उपस्थिति गराएर बयान लिन लागिएको हो ।

समितिले यसअघि नै प्रमाणहरु संकलन गरिसकेको छ।

सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ ।

समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् ।