२९ आश्विन २०८३, बिहिबार

तीजको नाचगान गरिरहेका बेला चट्याङ पर्दा दाङमा दुईको मृत्यु, १३ जना घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

नाचगान गरिरहेका बेला परेका चट्याङले उनीहरुको मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका –१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाईते १३ जनामध्ये दुई जना गम्भीर रहेका प्रहरीले जनाएको छ । तीज कार्यक्रममा नाच्ने क्रममा चट्याङ परेको प्रहरीको भनाइ छ ।