२९ आश्विन २०८३, बिहिबार

सिट बाँडफाँड टुंग्याउन सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, भदौ १५ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँडका लागि गठित कार्यदल बैठक आज बस्ने भएको छ ।

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दलहरुलाई सिटको बाँडफाँडको अन्तिम टुंगो लगाउन कार्यदल बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभाका १६५ तथा प्रदेशसभाका ३३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँडको प्रयास भइरहेको भएपनि टुंगोमा पुग्न सकेको छैन ।

नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।